काठमाडौं- पहिरोमा पुरिएर स्याङ्जामा एक जनाको मृत्यु भएको छ। वालिङ १४ कपासे निवासी धनमाया उम्रा मगरको पहिरोमा पुरिएर मृत्यु भएको हो।
गल्याङ नगरपालिकास्थित राम्दीमा पूजा सकेर नास्ता गर्ने क्रममा माथिबाट आएको पहिरोले घर पुर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा उनीसँगै पूजा गर्न गएका अन्य २ जना घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।