एजेन्सी– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताअघि भएकव 'वार्मअप' खेलमा पोर्चुगल, इंग्ल्यान्ड र उरुग्वे विजयी भएका छन्। यता आइसल्यान्ड भने बराबरीमा रोकिएको हो।
पोर्चुगलले अल्जेरियालाई ३–० गोलले पराजित गर्योभ। पोर्चुगलको जितमा गोन्कोला ग्युडेसले १७ र ५५ मिनेटमा गरी २ गोल गरे। बुर्नो फन्नान्डेजले ३७ मिनेटमा गोल गरेका थिए।
विश्वकपमा पोर्चुगल समूह 'बी' मा छ। यो समूहमा पोर्चुगलले स्पेन, मोरक्को र इरानसँग प्रतिस्पर्धा गर्नेछ।

यता इंग्ल्यान्डले कोस्टारिकालाई २–० गोलले हराएको छ। इंग्ल्यान्डको जितमा रास्फोडले १३ र वेलब्याकले ७६ मिनेटमा गोल गरेका थिए। विश्वकपमा इंग्ल्यान्ड समूह जी मा छ भने कोस्टारिका समूह ई मा छ।
यता विश्वकपमा समूह एमा रहेको उरुग्वेले वार्मअप खेलमा उज्वेकिस्तानलाई ३–० गोलले पराजित गरेको छ।
विश्वकपमा नवप्रवेशी टिम आइसल्यान्डले घानासँग २–२ गोलको बराबरी खेलेको छ। आइसल्यान्ड समूह डीमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।