काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले आफ्ना सांसदका स्वकीय सचिवका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
सांसदको प्रभावकारी भूमिका सदनमा हुने उपस्थितिमा मात्र सीमित नहुने भन्दै रास्वपाले स्वकीय सचिवको भूमिका, जिम्मेवारी र संसदीय कार्यप्रणालीबारे अभिमुखीकरण दिएको हो।
कार्यक्रममा रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले पार्टीको विचार, अनुशासन तथा स्वकीय सचिवको जिम्मेवारी र कर्तव्यबारे धारणा राखेका थिए।
सचेतक प्रकाशचन्द्र परियारले संसदीय अभ्यासमा स्वकीय सचिवको भूमिका र महत्वबारे जानकारी गराएका थिए। सांसदको कामलाई प्रभावकारी बनाउन स्वकीय सचिवले गर्नुपर्ने समन्वय तथा सहयोगका विषयमा पनि उनले प्रकाश पारेका थिए।
त्यस्तै, सचेतक क्रान्तिशिखाले स्वकीय सचिवहरूले उठाएका विभिन्न जिज्ञासा, प्रश्न तथा व्यावहारिक चुनौतीबारे छलफल गर्दै आवश्यक स्पष्टता दिएका थिए।
रास्वपाका अनुसार जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउन सही सूचना, व्यवस्थित समन्वय, जिम्मेवार टिम र स्पष्ट कार्यप्रणाली आवश्यक हुने भएकाले अभिमुखीकरण आयोजना गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।