काठमाडौं - तिलगंगा आँखा प्रतिष्ठानले विस्तारित सेवा सुरु गर्ने भएको छ।
कोरोना महामारीको समयमा सेवाग्राहीको चापलाई व्यवस्थित गर्न विस्तारित सेवा राेकेकाे प्रतिष्ठानले भदौ १६ गतेदेखि सेवा सुरु गर्न लागेको जनाएको छ।
प्रतिष्ठानले बिहान ८ बजेदेखि ३ः३० नियमित सेवाबाहेक साँझ ६ः३० बजेसम्म विस्तारित आँखा सेवा प्रदान गर्ने जानकारी दिएको छ।
कार्यालय समयभित्र समय मिलाउन असहज भएका र व्यस्तताका कारण बिहान तथा दिउँसो उपचार सेवा लिन नसक्ने सेवाग्राहीका लागि विस्तारित सेवा सुरु गरेको जनाउँदै दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म नाम दर्ता गराई सेवा लिन सक्ने प्रतिष्ठानले जनाएको छ।
त्यसबाहेक नियमित र प्रिमियम सेवा दिन चाहने सेवाग्राहीले दिउँसो ८ बजेदेखि २ः३० बजेसम्म समय नाम दर्ता गराउन सक्ने बताइएको छ।
सेवा लिन प्रतिष्ठानको फोन नम्बर ०१-५९७००४८ वा [email protected] तथा इसेवामार्फत अग्रिम नाम टिपाउन सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।