काठमाडौं- नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ। चाँदीको भाउ भने बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ प्रतितोला ९१ हजार ६०० रुपैयाँ तोकिएको छ। गत शुक्रबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो।
चाँदीको भाउन भने आज प्रतितोला १० रुपैयाँले बढेको महासंघले जनाएको छ। चाँदी आज प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँ रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।