प्रतीकात्मक तस्वीर
काठमाडौं– पहिरोका कारण नागढुंगा–नौबिसे सडक अवरुद्ध बनेको छ।
चन्द्रागिरि नगरपालिका–२, चिसापानीमा गएको पहिरोका कारण राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको हो।
राजमार्ग आएको ठूलो पहिरोका कारण उपत्यका प्रवेश गर्ने सबै गाडी रोकिएका छन्।
ठूलो पहिरोसँगै रुखसमेत बगरे आएकाले सडक तत्काल खुलाउन नसकिने नागढुंगा प्रहरी चेकपोस्टले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।