फाइल तस्वीर
काठमाडौं– लगातारको वर्षा र बाढीसँगै निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ।
मेलम्ची नगरपालिका–१३ स्थित रातोपहरोमा पहिरो खसिरहेकाले मेलम्ची–जिरोकिलो सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
निरन्तर पहिरो झरिरहेकाले ततकाल पन्छाएर सडक सञ्चालनमा ल्याउने अवस्था नरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले बताए।
रातोपहरोमा गत साउन अन्तिमदेखि निरन्तर माथिबाट पहिरो र तलबाट खोलाले सडक कटान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।