फाइल तस्वीर
काठमाडौं– नयाँ भेरियन्टसहितको कोरोना संक्रमणको जोखिम कायमै रहेकाले यस वर्ष गोकर्णेश्वर मन्दिर क्षेत्रमा लाग्ने कुशे औंसी मेला नलाग्ने भएको छ।
शनिबार सम्पन्न गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको बैठकले मेला स्थगित गर्ने निर्णय गरेको हो।
कोरोना संक्रमण बढिरहेका बेला लाखौं भक्तजनको उपस्थितिमा हुने मेला लगाउँदा स्वास्थ्य समस्या आउने भएकाले मेला स्थगन गर्न बाध्य हुनुपरेको यस्तो निर्णय गरेको समितिका अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए।
प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृका नाममा जलदान, सिधादान र पिण्डदान गर्न लाखौं भक्तजन आउने गर्छन्।
यस वर्ष भदौ २२ गते कुशे औंसी मेला परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।