नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी शनिबार चीन भ्रमणमा जाने भएका छन्।
केही हप्ता अगाडी चीनको भ्रमण गरेका मोदीले छोटो समयको अन्तरमै फेरी चीनको भ्रमण गरेर राष्ट्रपति सि जिन पिङलाई भेट्न लागेका हुन्।
त्यतिबेला उनीहरुबीचमा सिमा सम्वन्धी विवाद समाधानका विषयमा नयाँ तरिकाले अगाडी बढ्ने समझदारी भएको थियो।
विश्वमै चर्चित दुई देशका नेताहरुको भेटवार्ता चिनियाँ सहर चिङदाओमा हुन लागेको साङघार्इ कोअप्रेसन अर्गनाइजेसनको अवसरमा हुने भएको हो।
उनीहरुले दुई पक्षीय हित र आपसी सम्वन्धका बारेमा छलफल गर्ने भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको छ।
व्यापार, सुरक्षा, चीनको ‘बेल्ट एण्ड रोड इन्फ्राइस्टकचर प्रोजेक्ट’ लगायतका विषय सो दुई दिने सम्मेलनका मुख्य एजेण्डा रहेका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।