काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बसिरहेको छ।
शनिबार बिहान नेता प्रकाशमान सिंहको निवास चाक्सीबारेमा पौडेल पक्षीय जिल्ला सभापतिहरुसँगको छलफलका लागि बैठक बसिरहेको हो।
१४ औं महाधिवेशन नजिकिएसँगै पौडेलले आफूपक्षधरहरुसँगको छलफललाई तिब्रता दिएका छन्।
बैठकमा क्रियाशील सदस्यता विवादका विषयमा समेत छलफल हुने जनाइएको छ। बैठकमा रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायतका नेताहरुका साथमा जिल्ला सभापतिहरुको सहभागिता रहेको छ।
वरिष्ठ नेता पौडेल पक्षले महाधिवेशनका लागि केही व्यवहारिक कठिनाइ रहेको जनाएको छ। पौडेल पक्षका नेताको शुक्रबार बसेको बैठकले व्यावहारिक कठिनाइ अन्त्य गरेर महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।