हेटौंडा- भीमफेदी–कुलेखानी सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। हेटौंडालाई काठमाडौंसँग जोड्ने छोटो दूरीको रुपमा रहेो यो सडक खण्ड शनिबार बिहान पहिरो खस्दा अवरुद्ध भएको हो।
शुक्रबार बिहान गएको पहिरो पन्छाएर साँझबाट सडक सञ्चालनमा आएको भएपनि पुन: अवरुद्ध भएको छ।
भीमफेदी गाउँपालिका–६, देउरालीनजिक पहिरो जाँदा सडकखण्ड अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ। पहिरो पन्छाउने प्रयास भइरहेपनि पानी परिरहेकोले समस्या भएको प्रहरीले जनाएको छ। प्रहरीले सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।