इस्लामावाद– पाकिस्तानको सर्वोच्च अदालतले पुर्वराष्ट्रपति परवेज मुसरफलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ।
उनलाई आगामी जुन १३ मा अदालतमा उपस्थित हुन अदालतले बिहीबार आदेश दिएको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन्।
प्रधानन्यायाधीश मिन साक्विब निसार नेतृत्वको तीन न्यायाधीशको इजलासले मुसरफले दिएको निवेदनमाथि सुनुवाईका लागि उनलाई बोलाएको हो।
सन् २०१३ मा पेशावार उच्च अदालतले मुसरफलाई राष्ट्रपति बन्न अयोग्य भएको फैसला गरेकोमा त्यसको पुनरावलोकन गर्न माग गर्दै मुसरफले दुई वर्ष अगाडी नै सर्वोच्चमा निवेदन दर्ता गरेका थिए।
तीन सदस्यीय इजलासले पूर्व सैनिक शासक मुसरफलाई अदालतमा आएको बेला पक्राउ नगरिने भनी आश्वस्त पारिएको छ। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।