फाइल तस्वीर
काठमाडौं- ललितपुर महानगरपालिकाले घरभित्रबाट निस्कने फोहोरलाई घरमै व्यवस्थापन गर्न आग्रह गरेको छ।
केही दिनदेखिको अविरल वर्षाका कारण यस फोहोर विसर्जन स्थल (ल्याण्डफिल्ड साइट) सम्म पुग्ने पहुँच मार्ग अवरुद्ध भएको हुँदा फोहोरलाई अस्थायी रुपमा जम्मा गरिँदै आएको महानगरले जनाएको छ।
अहिले उक्त अस्थायी फोहोर संकलन केन्द्रसमेत भरिन पुगेकाले थप फोहोर राख्न सकिने स्थिति नरहेको महानगरले जनाएको छ।
‘महानभित्र संकलन हुने फोहोरको उपयुक्त व्यवस्थापनका लागि हरसम्भव सबै किसिमले प्रयत्न महानगरपालिकाले गरिरहेको छ। छिट्टै यसको व्यवस्थापन पनि गरिनेछ,’ महानगरले भनेको छ, ‘यो समस्याको समाधान गर्न केही समय लाग्ने भएकोले आ(आफ्नो घररकम्पाउण्ड मा उत्पन्न हुने फोहोरलाई कुहिने र नकुहिने गरि छुट्टयाई घर/कम्पाउण्ड भित्रै व्यवस्थापन गरी सहयोग गरिदिन हुन अनुरोध छ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।