प्रतिकात्मक तस्वीर
मेलम्ची– लगातारको वर्षासँगैको बाढीले पहिरो खस्दा अवरुद्ध भएको सिन्धुपाल्चोकको हेलम्बु राजमार्ग सञ्चालनमा आएको छ।
मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातो पहरामा माथिबाट पहिरा खस्दा शुक्रबार बिहानदेखि बाटो अवरुद्ध भएको थियो।
शुक्रबार दिउँसो पहिरो पन्छाएर सडक सञ्चालनमा आएको स्थानीयबासी पुरु घौरासैनीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।