फाइल तस्बिर
काठमाडौं- पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका-४ मा पहिरो जाँदा तीन जना बेपत्ता भएका छन्। उक्त पहिरोमा परी एक जना घाइते भएका छन्।
पूर्वी नवलपरासीस्थित नेपाल प्रहरीका एसपी प्रकाश मल्लका अनुसार हस्तबहादुर पुलामीको घरमाथिबाट पहिरो खसेको हो। उनका अनुसार हस्तबहादुरकी पत्नी ५० वर्षीया धनमाया पुलामी र उनका दुई जना नातिनीहरु (६ वर्षीया देउमाया र ७ वर्षीया भूमिसरा) बेपत्ता भएका छन्।
पहिरोले घर पुरिएपछि घाइते भएका हस्तबहादुरलाई भने उपचारका लागि कावासोती पठाइएको मल्लले जानकारी दिए। हराएकाहरुको खोजी जारी रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।