फाइल तस्बिर
काठमाडौं– पछिल्लो २४ घण्टामा भैरहवामा सबै भन्दा धेरै पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार भैरहवामा २४ घण्टामा १६५ मिलिमिटर पानी परेको हो।
देशकै सबैभन्दा धेरै पानी पर्ने क्षेत्र पोखरामा भने पछिल्लो २४ घण्टामा ७० मिलिमिटर मात्र पानी परेको विभागको तथ्यांक छ।
भैरहवा पछि वीरेन्द्रनगरमा १०४ मिलिमिटर पानी परेको र नेपालगञ्ज ७६ मिलिमिटर पानी परेको छ।
लगातारको वर्षासँगै देशका मुख्य ७ नदीको १५ स्थानमा बाढीले खतराको तह पार गरेको छ।
नारायणी, तनहुँ, वाणगंगा, बागमती, कोशी, र कमला नदीमा उच्च बहाव रहेको छ।
मुख्यगरी नवलपुर, कपिलवस्तु, बारा, सिन्धुली, चितवन, धनुषा, स्याङ्जा, डडेलधुरा क्षेत्रमा अत्याधिक बाढी आएको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।