काठमाडौं– शुक्रबार सुनको मूल्य बढेको छ। स्थानीय बजारमा सुनको मूल्य अघिल्लो कारोबारको दिनको तुलनामा ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीवार प्रतितोला ९१ हजार ६ सय पुगेको महासंघले जनाएको छ।
त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको छ।
यस्तै, शुक्रबार पनि चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीवार प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।