काठमाडाैं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशनका लागि केही व्यवहारिक कठिनाइ रहेकोे जनाएको छ।
पौडेल पक्षका नेताको बिहान बसेको बैठकले व्यावहारिक कठिनाइ अन्त्य गरेर महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ। नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक भएको थियो।
‘बाँकी रहेका जिल्लाको मतदाता नामावली सार्वजनिक गर्नुपर्नेछ भने समयमा अधिवेशन गर्न प्रक्रिया अघि बढाउनु छ,’ बैठकमा सहभागी नेता डा मीनेन्द्र रिजालले भने, ‘व्यावहारिक कठिनाइ समाधान गरेर महाधिवेशन तोकिएको समयमा गर्नुपर्छ भन्ने नै हामीहरुको छलफलको निष्कर्ष हो। कठिनाइका बाबदुत पनि सबैलाई चित्त बुझाएर महाधिवेशन हुनेछ।’
व्यावहारिक कठिनाइ समाधानज गर्नका लागि वरिष्ठ नेता पौडेलले सभापति शेरबहादुर देउवालाई भेट्ने भएका छन्। देउवा र पौडेलको छलफलपछि महाधिवेशन प्रक्रियामा देखिएका जटिलता हट्ने उक्त पक्षको बुझाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।