काठमाडौं- भेरी नदीले सतर्कता तह पार गरेको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रबा विहान ११ बजेको मापन अनुसार भेरी नदी जामु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ।
पानीको सतह बढ्दो क्रममा रहेका कारण तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।