चितवन- पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ।
बिहीबार बेलुकादेखि चितवन भरतपुर महानगरपालिका-२९ सेती दोभान र पाँचकिलोमा पहिरो खस्दा दुवै तर्फ सडक अवरुद्ध भएको थियो। उक्त पहिरो पन्छाएसँगै सवारी सञ्चालनमा आएको हो।
बिहान साढे ५ देखि पहिरो पन्छाउन सुरु गरी करिब सवा ९ बजे दुईतर्फी सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
पहिरो हटाइएको भएपनि अझै लेदो बग्नेक्रम नरोकिएको प्रहरीको भनाइ छ। सडक चिरिएका कारण थप जोखिम बढेको ट्राफिक प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।