काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षको बैठक बसिरहेको छ।
नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा शुक्रबार बिहान बैठक बसिरहेको हो। बैठकमा महाधिवेशन केन्द्रित छलफल भइरहेको जनाइएको छ।
बैठकमा नेता पौडेलपक्षबाट सभापतिमा एकल उम्मेदवार दिने विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ। त्यसैगरी बैठकमा क्रियाशील सदस्यता विवादका विषयमा समेत छलफल हुने जनाइएको छ।
बैठकमा रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायतका नेताहरुको सहभागिता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।