फाइल तस्बिर
काठमाडौं– लगातारको वर्षासँगै पहिरो खस्दा हेलम्बु राजमार्ग अवरुद्ध बनेको छ। मेलम्ची नगरपालिका–१३, फटकशिलास्थित ठाडो पहिरोमा पहिरो खसिरहेकाले मेलम्ची–जिरोकिलो सडक खण्ड अबरुद्ध बनेको हो।
निरन्तर पहिरो खसेकाले बिहान ६ बजेदेखि नै अवरुद्ध सडक तत्काल खुलाउन सकिने अवस्था नरहेको मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले बताए।
अहिले मेलम्चीबाट काठमाडौं र काठमाडौंबाट मेलम्ची आएका यातायातका साधन तथा यात्रु अलपत्र परेका छन्।
यसअघि पनि यसै स्थानमा पहिरो खस्दा केही दिन सडक अवरुद्ध बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।