काठमाडौं– आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशबाट करिब साढे ९ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ९आर्थिक वर्ष २०७७/७८ को वार्षिक तथ्यांकमा आधारित०अनुसार गत असार मसान्तसम्म ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स रुपमा नेपाल आएको हो। कोभिड महामारीका बीच पनि नेपाल भित्रिने रकम अघिल्लो वर्षको तुलनामा ९ दशमलब ८ प्रतिशतले वृद्धि भएको छ।
नेपालमा विशेषगरी वैदेशिक रोजगारीमा जाने कामदारहरुले बैकिङ च्यानलबाट पठाउने रकम मात्र रेमिट्यान्सको रुपमा नेपाल राष्ट्र बैंकको तथ्यांकमा समेटिने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।