फाइल तस्बिर
काठमाडौं– लगातारको झरीसँगै पहिरो गएकाले मुग्लिन–नारायणघाट सडक खण्ड अवरुद्ध भएको छ। गएराति नै सेती दोभानमा ठूलो पहिरो खसेकाले सडक पूर्ण रुपमा बन्द भएको प्रहरीले जनाएको छ।
लगातार पानी परिरहेको र पहिरो खस्ने क्रम पनि नरोकिएकाले पहिरो पन्छाउन समय लाग्ने प्रहरीको भनाइ छ।
निरन्तर पहिरो खसिरहेकाले एक्स्काभेटर प्रयोग गर्नसमेत समस्या भएको छ। पानी कम हुनासाथ पहिरो पन्छाउने काम सुरु हुने प्रहरीले जनाएको छ।
मुग्लिन–नारायणघाट सडक खण्डको ठाउँ–ठाउँमा पहिरोको जोखिम रहेकाले जोखिम मोलेरै यात्रा गर्नु पर्ने बाध्यता छ। पहिरो रोक्ने प्रयास भए पनि त्यो सफल हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।