काठमाडौं– गत आर्थिक वर्षमा विद्युतीय माध्यमबाट हुने भुक्तानी उल्लेख्य बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७७र७८ को वार्षिक तथ्यांकमा आधारित) तथ्यांक अनुसार गत आवमा विद्युतीय भुक्तानीमार्फत कुल ५४ खर्ब ९० रुपैयाँ कारोबार भएको छ।
पछिल्लो एक वर्षमा ई–कमर्श, क्यूआर कोड स्क्यान, वालेटको प्रयोग, कनेक्टआइपीएसको प्रयोगमा उल्लेख्य वृद्धि हुँदा कारोबार रकममा उत्साहजनक रुपमा वृद्धि भएको हो। नेपाल राष्ट्र बैंकले नगदरहित कारोबारमा जोड दिने नीति लिएएको अवस्थामा विद्युतीय भुक्तानीमा उल्लेख्य वृद्धि देखिएको हो।
तथ्यांकअनुसार सबैभन्दा बढी कनेक्ट आइपीएसबाट १४ खर्ब रुपैयाँभन्दा बढी कारोबार भएको छ।
त्यसैगरी गत आवम क्यूआर कोड स्क्यान गरी २० अर्ब २८ करोड रुपैयाँ कारोबार भएको छ। सो अवधिमा मोबाइल वालेटमार्फत र इन्टरनेट बैंकिङमार्फत हुने कारोबारमा पनि उल्लेख्य वृद्धि भएको छ।
कोरोना महामारीका कारण मानिसहरु घरमै बसेका तथा वित्तीय संस्थाहरुले पनि सीमित सेवामात्र प्रवाह गरेकाले पनि यस्तो कारोबारमा वृद्धि भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।