एजेन्सी– तथ्य विश्लेषण गर्ने अमेरिकी संस्था ग्रासनोटले विश्वकप २०१८ को नतिजाको प्रक्षेपण सार्वजनिक गरेको छ। जसअनसार पाँच पटकको विश्वविजेता ब्राजिलले उपाधि जित्ने सम्भावना बढी देखिएको छ।
ब्राजिलले पछिल्लो चार वर्षमा जम्मा चार खेल मात्र हारेको छ। सन् २०१६ जुन देखि ब्राजिलले एक खेल मात्र गुमाएको छ। जसकारण ब्राजिलको उपाधि जित्ने सम्भावना बढी भएको ग्रासनोटको दाबी छ।
यस्तै उपाधि जित्ने सम्भावना बढी भएको दोस्रो टिम स्पेन हो। साविक विजेता जर्मनी तेस्रो र अर्जेन्टिना चौथो स्थानमा छन्।
ग्रासनोटका अनुसार ब्राजिलको २१ %, स्पेनको १० %, जर्मनी र अर्जेन्टिनाको ८–८ %, फ्रान्सको ६ %, कोल्बियाको ५ %, पेरुको ५ %, इंग्ल्यान्ड, बेल्जियम र पोर्चुगलको ४–४ % उपाधि जित्ने सम्भावना छ।
ग्रासनोटले १० लाख बढी तथ्य विश्लेषण गरेर प्रक्षेपण गरेको दाबी गरेको छ।
विश्वकपमा नयाँ विजेता पाउने सम्भावना ४७ % रहेको छ।
समूह चरणमा पार गर्ने प्रक्षेपणमा युरोप र दक्षिण अमेरिकी टिम अघि देखिएका छन्। ग्रासनोटले युरोपबाट १० र दक्षिण अमेरिकाबाट ५ टिम अन्तिम १६ मा पुग्नेछन्। यस्तै गरी सेन्ट्रल अमेरिकाको एक टिम अन्तिम १६ मा पुग्ने उसको दाबी छ।
उपाधि प्रक्षेपण

समूह चरण प्रक्षेपण

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।