काठमाडौं– बिहीवार सुनको मूल्य ओरालो लागेको छ। स्थानीय बजारमा सुनको मूल्य अघिल्लो कारोबारको दिनको २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीवार छापावाला सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको छ। बुधवार छापावाला सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ।
यस्तै, बिहीवार चाँदीको मूल्य भने स्थिर रहेको छ। बुधवार प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।