काठमाडौं– नेकपा एमालेका सचिव भीम आचार्यका भाइ घरमै मृत फेला परेका छन्। ५९ वर्षीय रामप्रसाद आचार्य बिहीबार बिहान इनवरुवा नगरपालिका– ३ स्थित घरमा मृत भेटिएका हुन्।
बिहीबार बिहान अबेरसम्म पनि नउठेपछि परिवारका सदस्यले प्रहरीलाई खबर थिए। त्यसपछि घटनास्थल गएर हेर्दा उनी मृत भेटिएको सुनसरी प्रहरीले जनाएकाे छ।
झ्याल ढोका लगाएर सुतेको अवस्थामा उनी ओच्छ्यानमै मृत फेला परेका हुन् । घटनाबारे मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।