काठमाडौं- सरकारले औषधिको मूल्य बढाउने तयारी गरेको छ। मूल्य परिमार्जनका लागि आज (बिहीबार) औषधि व्यवस्था विभागमा बैठक बस्न लागेको छ। विभागले आज दिउसो १ बजे औषधि मूल्य अनुगमन समितिको बैठक बोलाएको हो।
बैठकमा औषधिहरुको मूल्य परिमार्जन, संशोधन गर्ने, मूल्य निर्धारण कार्यविधि र मूल्य निर्धारण नभएका औषधिको मूल्य निर्धारण गर्ने विषयमा छलफल हुनेछ।
विभागले नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, नेपाल फर्मास्युटिकल्स एसोसियसन र उपभोक्ता जागरण तथा हित संरक्षण मञ्चलाई बैठकमा बोलाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।