काठमाडौं– सिन्धुपाल्चोकको मेलम्ची तथा इन्द्रावती बाढी प्रभावित १८ वर्षमाथिका २० हजार मानिसलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ।
मेलम्ची नगरपालिका, हेलम्बु तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले बताए।
सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपाखरी थाङपाल गाउँपालिकाका लागि आठ हजार, मेलम्ची नगरपालिकाका लागि सात हजार र हेलम्बु गाउँपालिकाका लागि पाँच हजार मात्रा दुई हजार भायल खोप स्थानीय तहले यसअघि तोकिएका खोप केन्द्रमा पठाइसकिएको चापागाईंले जानकारी दिए।
बाढी प्रभावितलाई एस्ट्राजेनिका खोप लगाउन लागिएको हो। खोप अपुग भएमा थप खोपका लागि सम्पर्क गर्न पालिकालाई आग्रह गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।