फाइल तस्बिर
काठमाडौं– भारतले धार्चुलाको तपोवनमा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँधका ढोकाहरु खोल्ने भएको छ। बाँधका ढोकाहरु बिहीबार (आज) बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म खोलिने जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
ड्याम सरसफाइका लागि बाँधका ढोका खोल्न लागेको जानकारी भारतको एनएचपीसी लिमिटेडले जिल्ला प्रशासन कार्यालयलाई दिएको छ। एनएचपीसीले बाँध खोल्नेबारे पत्राचार गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए।
बाँधका ढोकाहरु खोलिएसँगै महाकाली नदीमा पानीको सतह बढ्ने भन्दै तटीय क्षेत्रमा सावधानी अपनाउनसमेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।