काठमाडौं- लोकतान्त्रिक शैक्षिक परामर्श संघ नेपालले आगामी ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने भएको छ। संघको मंगलबार भएको बृहत् भेलाले संघलाई थप गतिशील र क्रियाशील बनाउँदै विधानत गर्नुपर्ने अधिवेशन गर्ने निर्णय गरेको हो।
यसका लागि संस्थाको संस्थापक अध्यक्ष दीपक गुरुङको अध्यक्षतामा सात सदस्यीय अधिवेशन आयोजक समिति गठन गरेको संघले जनाएको छ। शैक्षिक परामर्श व्यावसायीभित्रका समस्याहरु र त्यसका समाधानका लागि स्पष्ट धारणा बनाउँदै भेलाले समितिलाई महाधिवेशन गर्ने कार्यादेश दिएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
भेलामा सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक भीष्मराज आङदेम्बेले शैक्षिक परामर्श व्यावसायलाई समाजप्रति थप जिम्मेवार बनाउन डिक्यानले खेलेको भूमिकाप्रति आभार प्रकट गर्दै पार्टी र समाजलाई थप अनुशासित बनाउन व्यक्ति-व्यक्ति जिम्मेवार र सचेत हुनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।