काठमाडाैं– सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा सार्वजनिक यातायात दुर्घटना भएको छ। यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएकाे जनाइएकाे छ। दुई जनाकाे घटनास्थलमै मृत्यु भएकाे स्थानीय पत्रकार निरोज चौलागाईले बताए ।
ठोकर्पावाट काठमाडौ आउँदै गरेको बस दुर्घटनामा परेकाे हाे। सुनकोशी गाउँपालिका ३, छापको घुम्तीमा दुर्घटना भएको चाैलागाईंले बताए। बा ३ ख ८०३० नम्बरको यात्रु बस दुर्घटना भएको हाे।
लिसङ्खुपाखर गाउँपालिकाको बाफलवाट काठमाडाै आउँदै गरेकाे बस सात मिटर तल झरेको थियाे। बेक फेल हुँदा बस दुर्घटनामा परेकाे उनले जानकारी गराए।
दुर्घटनामा घाइते ६ जनाकाे सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेकाे छ भने अरुलाई धुलिखेल अस्पताल पठाइएको छ।
दुर्घटनामा परी घाइते हुनेमध्ये तीनकाे अवस्था गम्भीर रहेकाे जनाइएकाे छ।



तस्बिर : निरज चाैलागाईं
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।