काठमाडौं– बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ तोकेको छ।
यो मूल्य अघिल्लो दिनको भन्दा ३ सय रुपैयाँले कम हो। मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
तेजवी सुनको मूल्य भने आज ९० हजार ८ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ।
यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ। अघिल्लो दिन प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १२ सय १० रुपैयाँमा किनबेच भइरहेको छ।
अघिल्लो दिनको तुलनामा आज चाँदी १० रुपैयाँले बढेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।