काठमाडौं– संसद सचिवालयले नेकपा विवादमा निर्णय गर्न लागेको निर्वाचन आयोगलाई सांसदहरुको विववरण उपलव्ध गराएको छ।
संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार निर्वाचन आयोगले दल विभाजन गरी नयाँ दल दर्ताका लागि परेका दुई निवेदनमा सनाखत गराउनुअघि विवरण मागेर पत्र लेखेको थियो।
आयोगको पत्रअनुसार संसद सचिवालयले मंगलवार नै सांसदहरुको सूची बनाएर पठाएको छ। संसद सचिवालयलाई आयोगले आधिकारिक संख्या एकिन गरी पठाउनु भनेकाले विवरण उपलव्ध गराएको पाण्डेले बताए।
सचिवालयले पठाएको विवरणमा जसपामा ३४ जना प्रतिनिधि सभा ३ जना राष्ट्रिय सभा गरी ३७ जना र प्रतिनिधि सभामा १२१ र राष्ट्रिय सभाको ३३ गरी एमालेसँग १५४ जना रहेको विवरण उपलव्ध गराएको छ।
संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभामा गरेर त्यति सांसद रहेका जानकारी सचिवालयले मंगलबार साँझ नै आयोगलाई पठाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।