काठमाडौं– मनसुनी वायु सक्रिय रहेका कारण केही दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसमविज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको महाशाखाको भनाइ छ।प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
वर्षासँगै पहाडी भू९भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाइएको छ।
नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्नसक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।