काबुल– अफगानिस्तानका राष्ट्रपति असरफ घानीले बिहीबार अस्थायी युद्धविरामको घोषणा गरेका छन्।
उनले इद उल फित्र पर्वलाई ध्यानमा राखेर अफगानिस्तानभर नै अफगान सेनाले तालिबान विरुद्धको आक्रामक कारबाही रोकेको घोषणा बिहीबार गरेका हन्।
रमादानअन्तर्गत यस पर्वको क्रममा राष्ट्रपतिले घोषणा गरेको युद्धविरामका सम्बन्धमा युद्धरत तालिबान आतङ्ककारीहरुबाट भने कुनै प्रतिक्रिया आएको छैन।
राष्ट्रपतिले औपचारिक रुपमा गरेको ट्विटअनुसार रमादान पर्व सोमबार अर्थात ११ जुनबाट सुरु हुने र जुन १५ मा समाप्त हुने भएकोले सो समयलाई मध्यनजर गरेर युद्धविरामको घोषणा गरिएको छ।
रमादानको पाँचौँ दिनमा इद उल फित्र मनाइने चलन रहेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।