काठमाडौं- संसदको शिक्षा तथा स्वाथ्य समितिले कक्षा १२ को परीक्षा भौतिक रुपमा गर्न सरकारलाई निर्देशन दिएको छ।
शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई परीक्षा गराउने व्यवस्था गर्न निर्देशन दिएको हो।
'अन्य तहका परीक्षाहरु संचालन भइरहेको अवस्थामा कक्षा १२ को परीक्षा मात्र पटकपटक स्थगित हुँदा विद्यार्थीहरुमा भविष्यप्रतिको चिन्ता थपिनुका साथै मानसिक असर पनि परिरहेकोले खोपको व्यवस्थापन गर्दै स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी यथाशीघ्र होम सेन्टरमै परीक्षा गराउने व्यवस्था गर्ने' निर्देशनमा भनिएको छ।
कोरोना संक्रमणको जोखिमका कारण साउन ३१ गते तोकिएको परीक्षा सरकारले रोकेको थियो। सरकारले अहिले १२ कक्षाको परीक्षा दिने विद्यार्थीहरुलाई धमाधम कोरोना खोप लगाइरहेको छ।
खोप लगाएकाले अब भौतिक उपस्थितमा परीक्षा सञ्चालन गरेर विद्यार्थीको भविष्य सुरक्षित गर्न समितिले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।