काठमाडौं– मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ तोकेको छ।
यो मूल्य सोमबारको भन्दा ५ सय रुपैयाँले बढी हो। सोमबार छापावाल सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
तेजवी सुनको मूल्य भने आज ९१ हजार १ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला ११ सय ९० मा कारोबार भएको चाँदी सोमबार १२ सय रुपैयाँमा किनबेच भइरहेको छ
अघिल्लो दिनको तुलनामा आज चाँदी १० रुपैयाँले बढेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।