काठमाडौं- सरकारले अफगानिस्तानबाट फर्किएका सबैलाई पोलियोविरुद्धको खोप लगाउने निर्णय गरेको छ।
सोमबार स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले अफगानिस्तानबाट फर्किएका (उद्दार गरी ल्याइएका) सबैलाई पोलियो खोप दिने सरकारले निर्णय गरेको जानकारी दिए।
अफगानिस्तानमा फैलिएको पोलियो संक्रमणलाई ध्यानमा राखि सरकारले यस्तो निर्णय गरेको उनले जानकारी दिए। नजिकको खोप केन्द्रबाट पोलियो खोप लिन अफगानिस्तानबाट फर्किएकाहरुलाई राज्यमन्त्री श्रेष्ठले आग्रह गरे।
तालिवान समूहले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा अलपत्र परेका ८६० नेपाली सम्पर्कमा आएका छन्। सम्पर्कमा आएकामध्ये ५०४ जनाको उद्धार गरी नेपाल ल्याइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार आइतबार साँझसम्म थप ३५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको बेव पोर्टलमा आफ्नो विवरण दर्ता गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।