काठमाडौं– सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ तोकेको छ।
यो मूल्य आइतबारको भन्दा २ सय रुपैयाँले बढी हो। आइतबार छापावाल सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
तेजवी सुनको मूल्य भने आज ९० हजार ६ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ।
यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला ११ सय ८० मा कारोबार भएको चाँदी सोमबार ११ सय ९० मा किनबेच भइरहेको छ।
आइतबारको तुलनामा सोमबार चाँदी १० रुपैयाँले बढेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।