काठमाडौं– मनसुनी वायुको सामान्य प्रभाव रहेकाले केही दिनदेखि निरन्तर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशभर सामान्य बदली रहेको महाशाखाको भनाइ छ। अहिले प्रदेश– १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा सामान्य वर्षा भइरहेको छ।
सोमबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। प्रदेश– १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी र बागमती प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
मनसुन थप सक्रिय भएकाले यो हप्ता देशका धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेको मौसमविद्ले बताएका छन्।
पहाडी क्षेत्रमा भूक्षय, पहिरो तथा गेग्रानसहितको बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।