फाइल तस्बिर
काठमाडौं– तालिवान समूहले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा अलपत्र परेका ८६० नेपाली सम्पर्कमा आएका छन्। सम्पर्कमा आएकामध्ये ५०४ जनाको उद्धार गरी नेपाल ल्याइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार आइतबार साँझसम्म थप ३५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको बेव पोर्टलमा आफ्नो विवरण दर्ता गराएका छन्।
सम्पर्कमा आएका बाँकीको उद्धार कार्य जारी रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालको भनाइ छ।
नेपालीको उद्धारका लागि मित्रराष्ट्रहरूसँग सहकार्य र समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
उद्धारका लागि परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग तथा नेपाली राजदूतावास, नयाँदिल्लीबाट समेत सम्पर्क भइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।