काठमाडौं- नेपाली बजारमा सुनको भाउ आज तोलामा ३०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ तोकेको छ। यो मूल्य गत शुक्रबारको भन्दा ३०० रुपैयाँ न्यून हो। शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
तेजवी सुनको मूल्य भने आज ९० हजार ४०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।
आज चाँदीको मूल्य पनि तोलामा १९५ रुपैयाँले घटेको छ। गत शुक्रबार एक हजार १९५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आज एक हजार १८० रुपैयाँ कायम भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।