काठमाडौं- जनगायक जेबी टुहुरेको स्वास्थ्य अवस्था जटिल बनेको छ। बल्खुस्थित बयोधा अस्पतालमा उपपचार उनको स्वास्थ्यमा सुधार हुन नसकेको चिकित्सकहरूले बताएका छन्।
मंगलबार कलंकीस्थित आफ्नै निवासमा लडेपछि ७६ वर्षीय टुहुरेलाई बयोधा अस्पतालमा लगिएको थियो। उनको अहिले सीसीयू कक्षमा उपचार रहेको र चिकित्सकले मष्तिष्कको नशा सुन्निएको बताएका उनीनिकट सरल सहयात्रीले बताए।
उपचारमा संलग्न चिकित्सकले टुहुरेलाई ‘स्ट्रोक’ भएको बताएका उनले बताए। २०२४ सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका टुहुरेले १ सय ५० भन्दा बढी गीत रेकर्ड गराएका छन्।
दोस्रो संविधान सभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका उनको वास्तविक नाम जुठबहादुर खड्गी हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।