काठमाडौं- नदीको सरफाइसँगै बागमती नदी महोत्सव २०२१ आयोगना गरिएको छ। शनिबार बागमती नदीमा जलयात्रा गर्दै विभिन्न सङ्घसंस्थाले बागमती नदी महोत्सब मनाइएका हुन्।
कोपुण्डोल, बागमती पुल, ललितपुरमा २० वर्षदेखि मनाउँदै आएको बागमती नदी महोत्सवले यस वर्ष पनि निरन्तरता पाएको हो। बाबागमतीको पुरानो इतिहास सम्झँदै पुरानै अवस्थामा बागमती नदीको सौन्दर्यता कायम राख्न सफाइ अभियन्ता सक्रिय छन्।
नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरूको सरोकार राख्ने अवस्था सिर्जना गराउन महोत्सवले भूमिका खेल्ने आयोजकहरुको भनाइ छ।
उपत्यकाको मुख्य सभ्यताको आधार नै वागमती भएकाले सफा वागमती बनाउने महोत्सवको उद्देश्य रहेको बताइएको छ। वागमती नदीलाई माछा बाँच्न योग्य, पौडी खेल्न योग्य, पानी खान योग्य, तथा मृतकहरुको लागि शुद्ध जल तर्पण योग्य वनाउनु पनि मुख्य उदेश्य रहेको आयोजकहरु बताउँछन्। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।