काठमाडौं- महालेखापरीक्षकको ५८औं प्रतिवेदनले प्रदेश २ मा सबैभन्दा धेरै अनियमित खर्च (बेरुजु) देखाएको छ। महालेखापरीक्षकको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार बुझाएको वार्षिक प्रतिवेदनमा प्रदेश २ मा सरकारी निकायबाट भएको खर्चमा ५.६५ प्रतिशत बेरुजु औंल्याइएको छ।
सातवटा प्रदेशमध्ये सबैभन्दा कम बेरुजु बागमती प्रदेशमा देखिएको छ। बागमतीमा १.४२ प्रतिशत बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
यस्तो छ प्रदेशगत बेरुजु:

त्यस्तै अद्यावधिक बेरुजु आठ अर्ब ६७ करोड २२ लाख ७० हजार रहेकोमा सम्परीक्षणबाट दुई अर्ब ४३ करोड ८७ लाख ८७ हजार फर्स्योट भइ २३ अर्ब छ करोड ३४ लाख ८३ हजार रुपैयाँ बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।