काठमाडौं- देशभरका ६ महानगरमध्ये काठमाडौं महानगरपालिकाको सबैभन्दा धेरै बेरुजु देखिएको छ।
महालेखापरीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार काठमाडौंको ११.८६ प्रतिशत बेरुजु देखिएको हो।
काठमाडौंपछि वीरगञ्ज महानगर धेरै बेरुजु रहेको छ। वीरगञ्जको ८.२६ प्रतिशत बेरुजु देखिएको छ।
वीरगञ्जपछि पोखरा महानगर धेरै बेरुजु रहेको छ। पोखराको ७.४२ प्रतिशत बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
महानगरको समग्र बेरुजु ७.३८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।