• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १९, २०८२ Fri, Dec 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेका सांसदलाई कारबाही : सभामुखबाट किन अघि बढेन प्रक्रिया?

64x64
किशोर दहाल शुक्रबार, भदौ ४, २०७८  १८:५७
1140x725

काठमाडौं- आफ्नो पार्टीका १४ जना सांसदलाई गरिएको कारबाहीलाई अन्तिम टुंगोमा पुर्‍याउन नेकपा एमालेका सांसदहरु सक्रिय भइरहेका छन्। बिहीबार सभामुखको कार्यकक्षमा पुगेर अमर्यादित शैलीमा दबाब दिएका उनीहरु शुक्रबार पनि गएका थिए। तर, सभामुख अन्य कार्यक्रममा व्यस्त हुँदा शुक्रबार भेट गर्न भने पाएनन्।

बिहीबारको भेटमा उनीहरुले तत्काल सूचना जारी गर्न सभामुखलाई दबाब दिएका थिए। सूचना टाँस नगरुञ्जेल सभामुखको कार्यकक्षमै धर्ना दिने तथा बल प्रयोगको अवस्था आउन सक्ने धम्की दिएका उनीहरुले शुक्रबार पनि उपस्थित हुने चेतावनी दिएका थिए। सोही अनुसार गएका एमालेका झन्डै ३० सांसद सभामुखसँग भेट नभएपछि आक्रोशित भएर फर्किएका थिए। आफूहरुले सभामुखलाई झन्डै दुई घण्टा कुरेको एमाले सचेतक शान्ता चौधरीको भनाइ छ।

'आज सभामुखले हामीसँग फेस गर्न चाहनुभएन। हामीलाई उहाँ भागेको आभाष भयो। मलाई थाहा छैन, उहाँ किन त्यसो गर्दै हुनुहुन्छ', चौधरीले सिंहदरबारमा पत्रकारसँग भनिन्, 'उहाँ दलको कार्यकर्ता होइन। संस्था हो। सभामुखले आफ्नो पदको मर्यादा भुल्दै हुनुहुन्छ भन्ने लाग्छ।'

यो पनि पढ्नुहोस्

 

हामीले हिजो बल प्रयोग गर्न नपरोस् भनेकै हो, आज सभामुख भाग्नुभयो : एमाले सचेतकशुक्रबार, भदौ ४, २०७८

एमालेका १४ सांसदहरुलाई प्रतिनिधि सभा सदस्य नरहने गरी निष्काशन गरिएको भन्दै पद रिक्तताको सूचना शीघ्र जारी गर्न एमाले अध्यक्ष केपी शर्मा ओली निकटका सांसदहरुले दबाब बढाएका हुन्। बेग्लै दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपाल सहित उनी पक्षका सांसदलाई तत्कालै कारबाही गरिएको सम्बन्धमा सभामुखबाट सूचना जारी गराउन सकेमा सो पक्षका सांसदहरुले पद गुमाउने र समानुपातिक सूचीका सांसदहरुको पदपूर्ति गर्न सकिने दाउ ओली पक्षको छ।

यो पनि पढ्नुहोस्

 

माधवपक्षका १४ सांसदको कारबाही रोक्ने पत्र संसद सचिवालयले दर्ता नगरेपछि हुलाकबाट पठाइयोशुक्रबार, भदौ ४, २०७८

ती सांसदहरुलाई निष्कासन गरेको सम्बन्धमा ओलीको पत्र संसद् सचिवालयमा भदौ १ गते नै दर्ता भइसकेको छ। 'यस दलको तर्फबाट प्रतिनिधि सभाका सदस्यहरुले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ (१)(क) बमोजिम कार्य नगरी दलको निर्देशन (ह्विप) उल्लंघन गरेकाले यस दलको केन्द्रीय कमिटीको मिति २०७८/०४/२५ को निर्णय अनुसार ऐ ऐनको दफा ३२ (२) बमोजिम प्रतिनिधि सभा सदस्य समेत नरहने गरी यस दलबाट समेत निष्काशन गरिएकोले दफा ३४ बमोजिम उक्त निर्णयको प्रतिलिपि समेत साथै राखी यो सूचना गरिएको छ। ऐ ऐनको दफा ३५ बमोजिम तत्काल सदनलाई जानकारी गराई दफा ३६ बमोजिम स्थान रिक्तको सूचना निर्वाचन आयोगमा शीघ्र दिनुहुन अनुरोध छ', ओलीको तर्फबाट संसद् सचिवालयलाई पठाइएको पत्रमा भनिएको छ।

निष्कासन गरिएका सांसदहरुमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी कुमारी खड्का, लक्ष्मीकुमारी खड्का, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी छन्।

Ncell 2
Ncell 2

किन रोकियो प्रकिया?
१४ सांसदलाई कारबाही सन्दर्भमा एमालेले संसद् सचिवालयमा बुझाएको पत्रसँगको केन्द्रीय कमिटीको निर्णयमा ह्विप उल्लंघन गरिएपछि मिति २०७८ साउन ४ मा पहिलो पटक बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीको अनुशासन उल्लंघन गर्ने र पार्टी विरुद्ध निरन्तर कृयाशील रहेका केही सदस्यहरुलाई केन्द्रीय कमिटीको निर्णय अनुसार स्पष्टीकरण सोधिएको उल्लेख छ। र, सोही स्पष्टीकरण अनुसार, साउन २५ गतेको केन्द्रीय कमिटी बैठकबाट निर्णय गरिएको भनिएको छ।

एमालेको पत्रमा केही आशंका व्यक्त भएका छन्। जस्तो, ह्विप उल्लंघन गरिएको भनिएको प्रतिनिधि सभाको बैठक वैशाख २७ हो। त्यसपछि केन्द्रीय कमिटीको पहिलो बैठक साउन ४ गते बसेको भनिएको छ। जबकि, असार १८ र १९ गते एमालेको केन्द्रीय कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। बैठकमा ओलीले अदालतमा बुझाइएको हस्ताक्षर फिर्ता लिन माधव नेपाल पक्षका सांसदहरुलाई चेतावनी दिएका थिए। बैठकले विधान महाधिवेशन सम्बन्धमा निर्णय गरेको थियो। त्यस्तै, यसबीचमा ओलीले नेपाल पक्षका सांसदहरुलाई सार्वजनिक रुपमै माफी दिइएको भनेका छन्।

यो पनि पढ्नुहोस्

 

१४ सांसदलाई कारबाहीको दबाब दिन एमाले सांसदहरु सभामुखको कार्यकक्षमाशुक्रबार, भदौ ४, २०७८

सबैभन्दा मुख्य विषय यसबीचमा संसद् विघटन भइसकेको छ। र जसलाई एमालेले पदमुक्त गर्ने प्रक्रिया अगाडि बढाएको छ, उनीहरुको समेत संलग्नतामा संसद् ब्युँतिएको छ।

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटा वैशाख २७ पछि धेरै घटनाक्रम विकास भइसकेको बताउँछन्। 'धारा ७६(५) को व्याख्याका सन्दर्भमा अघिल्लो धारा क्रियाशील भएपछि पछिल्लो धारा निष्क्रिय हुने भनिएको छ। ७६(२) प्रयोजनका लागि सोधिएको स्पष्टीकरणलाई थाति राखी ७६(३) र ७६(५) लाई क्रियाशील गराइएको छ। स्पष्टीकरण सोधिएका सांसदहरुकै हस्ताक्षरका कारण संसद पुनःस्थापना भएको छ। उहाँहरुकै हस्ताक्षरका कारण सरकारले विश्वासको मत पाएको छ। यति धेरै घटनाक्रमहरु विकास भइसकेको अवस्थामा अब पछाडि फर्केर धारा ७६(२) मा सहयोग नगरेका आधारमा कारबाही गर भन्न मिल्छ?', उनले फेसबुकमा प्रश्न गरेका छन्। 

मुख्यतः अहिले एमालेले अघि बढाएको प्रक्रिया वैशाख २७ गतेको भनिए पनि साउन ३ गते प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएका कारण कारबाहीको प्रक्रिया अघि बढाइएको आकलन गरिएको छ। त्यतिबेला एमालेका २२ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए।

दबाब दिन गएका एमाले सांसदहरुले सूचना जारी गर्न ढिला गर्नुलाई यसअघिका सन्दर्भसँग तुलना गर्दै अहिले ढिला गरिएको बताउने गरेका छन्। 'माओवादी केन्द्रले आफ्ना सांसदहरुलाई अनुशासनहीन काम गरेको, पार्टीको ह्विप उल्लंघन गरेको भनेर कारबाही सिफारिस गर्‍यो। २४ घण्टा नबित्दै सभामुखले सूचना निकालिहाल्नुभयो', एमाले सचेतक चौधरीको भनाइ छ, 'अहिले नेकपा एमालेका सांसदहरुले जे गतिविधि गर्नुभयो र एमालेले जे निर्णय गर्‍यो, अहिले सभामुखले प्रक्रिया अघि बढाउनुभएको छैन।'

यो पनि पढ्नुहोस्

 

सभामुखको च्याम्बरमै पुगेर एमाले सांसदहरूले दिए धम्की- 'बल प्रयोग गर्नुपर्ने हुनसक्छ'शुक्रबार, भदौ ४, २०७८

सभामुखनिकट जानकारहरुका अनुसार माओवादी केन्द्र र एमालेका सांसदको सन्दर्भ नै फरक हो। त्यतिबेला माओवादी केन्द्रका सांसदहरु सार्वजनिक रुपमै एमालेतिर गएका थिए। एमालेका कमिटीमा बसेका थिए। अहिले, कारबाही गरिएका एमालेका सांसदहरुको आबद्धता र कारबाही एक पक्षले दाबी गरेजस्तो सहज नभएको उनीहरुको भनाइ छ।

अर्कोतर्फ कारबाहीलाई टुंग्याउन एमालेले दबाब र धम्की दिने शैली प्रयोग गर्‍यो। जुन जारी छ। शुक्रबार सभामुखलाई भेट्न पुगेकामध्ये एक सांसद शान्ता चौधरीले सभामुखले सूचना टाँस्ने प्रक्रिया अघि नबढाएर आफ्नो पार्टी चुप लागेर नबस्ने बताइन्। 'दबाब दिन आएकै हो। दबाब चाहिँ दिन्छौं नै। फेरि पनि यही तरिकाले अगाडि बढ्नुभयो भने हाम्रो दबाबमुलक कार्यक्रम हुन्छ नै', उनको भनाइ छ।

उनले सभामुखले आफूहरुको दबाब नसुनेर सुख नपाउने बताइन्। बिहीबार मात्रै विपक्षी दलका नेता केपी शर्मा ओलीले सार्वजनिक रुपमा सभामुखलाई अमुक दलको कार्यकर्ता, न्यायाधीश, जिद्दी जस्ता शब्द प्रयोग गर्दै लाञ्छना लगाएका थिए।

यो पनि पढ्नुहोस्

 

सभामुखको सचिवालयले भन्यो- विपक्षी दलका सांसदहरुको व्यवहारले वातावरण थप बिगार्‍योशुक्रबार, भदौ ४, २०७८

एमालेको यो शैलीको सभामुखको सचिवालयले प्रतिवाद गर्दै विपक्षी दलका सांसदहरुको व्यवहारले वातावरण बिग्रिएको बताएको छ। ‘विपक्षी दलका नेताको अशोभनीय अभिव्यक्ति सार्वजनिक सञ्चारमाध्यममा आयो,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेको भनाइ छ, ‘हिजो आउनुभएका माननीय सांसदहरुको प्रस्तुति, अभिव्यक्ति र सार्वजनिक सञ्चारमाध्यमबाट दिनुभएको असंसदीय, अमर्यादित र अशोभनीय अभिव्यक्तिले वातावरण बिगार्न मद्दत गरेको छ।’

कारबाहीको सूचना जानकारी दिने/टाँस्ने सन्दर्भमा सभामुखलाई कानुनले नै विशेष अधिकार दिएको छ। राजनीतिक दल सम्बन्धी ऐनमा दल त्यागको सूचना दर्ता भएपछि सभामुखले पन्ध्र दिनभित्र त्यस्तो सूचनाको जानकारी सम्बन्धित सदन वा सभामा दिने उल्लेख छ। साथै, सभाको अधिवेशन चालु नरहेको अवस्थामा त्यस्तो सूचना सम्बन्धित सचिवालयको सूचना पाटीमा टाँस गर्नु पर्नेछ भनिएको छ। यस सन्दर्भमा भने मिति तोकिएको छैन। त्यसैले आवश्यक समय लिएर छलफल र परामर्शको अधिकार सभामुखले प्रयोग गरिरहेका छन्।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  १८:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन... शुक्रबार, मंसिर १९, २०८२
पैसा र शक्तिको प्रभावमा मात्रै चुनाव जित्ने अवस्था आउन दिनुहुन्न : प्रधानमन्त्री हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग आज सिंहदरबारमा भएको भेटका क्रममा उनले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अ... शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध शुक्रबार, मंसिर १९, २०८२
प्लेअफमा पुग्न लुम्बिनीलाई जनकपुरद्वारा १३३ रनको लक्ष्य शुक्रबार, मंसिर १९, २०८२
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने बिहीबार, मंसिर १८, २०८२
सञ्चालनमा आयो भाटभटेनी बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्