काठमाडौं– नेकपा (एमाले)का १४ जना सांसदलाई कारबाही नगर्न आग्रह गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको छ।
आफूहरुलाई गरेको कारबाही कार्यान्वयन नगर्न भनी संसद सचिवालयमा पठाएको पत्र दर्ता गर्न अस्वीकार गरेको रामकुमारी झाँक्रीले बताइन्।
सचिवालयले पत्र दर्ता नगरेपछि हुलाकमार्फत पठाइको उनले बताइन्। ‘१४ जना सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले गरेको कारबाही कार्यान्वयन नगर्न भनी पठाएको पत्र दर्ता नगरेपछि हुलाकमार्फत संसद सचिवालयलाई पठाइएको छ,’ झाँक्रीले भनिन्।
कारबाहीमा परेका नेताहरुमा वरिष्ठ नेता माधवकुमार नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।